+

हेटौंडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

२०८१ वैशाख  २६ गते १९:४६ २०८१ वैशाख २६ गते १९:४६
हेटौंडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

२६ वैशाख, काठमाडौं । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ ।

बुधबार भएको फाइनल खेलमा हेटौंडाले उत्कृष्ट कमब्याक गर्दै थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले पराजित गर्‍यो ।

प्रतियोगितामा महांकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भए । उपाधि विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने दुवै टोलीले एक–एक लाख रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जीतेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । उपाधि विजेता हेटौंडाका सुजन चोखालले उत्कृष्ट सेटर, उत्कृष्ट लिबरो हेटौंडाका राजन दर्लामी मगर घोषित भए । महांकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर भए । यसैगरी उपाधि विजेता हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक भए । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग थियो । यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग थियो । ललितपुर जिल्ला खेलकुद विकास समिति सह–आयोजक रहेको थियो ।

प्रकाश दाहाल स्मृति भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय