+

युरो २०२४ का लागि स्पेनको प्रारम्भिक टोली घोषणा

२०८१ जेठ  १४ गते २०:११ २०८१ जेठ १४ गते २०:११
युरो २०२४ का लागि स्पेनको प्रारम्भिक टोली घोषणा

१४ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि स्पेनको प्रारम्भिक टोली घोषणा भएको छ ।

रोएल स्पानिस फुटबल फेडेरेसनले सोमबार प्रारम्भिक टोलीमा २९ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

स्पानिस फुटबल लेजेण्डहरु जोस एन्जल इरिबार, जोन काप्डेभिला र फर्नान्डो टोरेसको उपस्थितर रहेको एक कार्यक्रमकाबीच मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले प्रारम्भिक खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

अब फुएन्टेले यही खेलाडीबाट २६ सदस्यीय अन्तिम टोली घोषणा गर्नेछन् ।

स्पेनले जुन १५ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा क्रोएसियासँग खेल्दै युरो २०२४ को सुरुआत गर्नेछ ।

युरोअघि स्पेनले एण्डोरा र नर्दन आयरल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

स्पानिस प्रारम्भिक टोली

गोलकिपर : उनाइ सिमोन, डेभिड राय, एलेक्स रेमिरो

डिफेण्डर : एमरिक लोपार्टा, रोबिन ले नोर्मन्ड, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, एलेक्स ग्रिमाल्डो, जेसस नाभास, ड्यानीएल भिभियन, मार्क कुकुरेल्ला

मिडफिल्डर : रोड्री, फाबिएन रुइज, मार्टिन जुबिमेन्डी, मिकेल मेरिनो, फर्मिन लोपेज, एलेक्स गार्सिया, मार्कोस लोरेन्टे, एलेक्स बाएना, पेड्री

फरवार्ड : अल्भारो मोराटा, फेरान टोरेस, डानी ओल्मो, मिकेल ओयाजाबल, निको विलियम्स, जोसेलु, लामिन यमाल, अयोज पेरेज

प्रारम्भिक टोली युरो २०२४ स्पेन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय