News Summary
Generated by OK AI. Editorially reviewed.- किलियन एमबाप्पेले यस विश्वकपमा १० गोल गर्दै लगातार दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।
- एमबाप्पेले २२ विश्वकप खेलमा २२ गोल गर्दै लियोनल मेसीको २१ गोलको कीर्तिमान तोडेर सर्वाधिक गोलकर्ता बनेका छन् ।
- फ्रान्सेली कप्तान एमबाप्पेले राष्ट्रिय टोलीबाट १०६ खेल खेल्दै ६६ गोलको कीर्तिमान कायम गरेका छन् ।
४ साउन, काठमाडौं । फिफा विश्वकप सुरु हुनुअघि साविक उपविजेता फ्रान्सलाई सबैभन्दा बलियो दाबेदारको रुपमा हेरिएको थियो । स्टार खेलाडीहरूको जमघट रहेको फ्रान्सेली टोलीको नेतृत्वमा २७ वर्षीय किलियन एमबाप्पे थिए ।
समूह चरणदेखि नकआउट चरणसम्म फ्रान्सको प्रदर्शन पनि जबरजस्त थियो । प्रिक्वाटरफाइनलमा पाराग्वे विरुद्ध केही संघर्ष गरेपनि सेमिफाइनलसम्म आइपुग्दा एमबाप्पेले सही टिमलाई नेतृत्व दिएका थिए ।
तर अल युरोपियन सेमिफाइनलमा स्पेनसँग २-० ले पराजित हुँदै फ्रान्स उपाधि होडबाट बाहिरियो ।
एमबाप्पेले सन् २०१८ मा १९ वर्षकै उमेमरमा फ्रान्सबाट विश्वकप उपाधि जितेका थिए । त्यसको चार वर्षपछि कतारमा विश्वकप हुँदा एमबाप्पे परिपक्क भइसकेका थिए र फ्रान्सलाई फाइनल पुर्याउँदै गोल्डेन बुट अवार्ड जिते ।
फाइनलमा अर्जन्टिना विरुद्ध ह्याट्रिक गरेपनि पेनाल्टीसुटआउटमा फ्रान्स अभागी बन्दा एमबाप्पे लगातार विश्वकप ट्रफी उचाल्नबाट बन्चित भए ।

पहिलो विश्वकपमा ४ गोल गरेका उनले २०२२ मा सर्वाधिक ८ गोल गर्दै व्यक्तिगत अवार्ड जितेका थिए ।
आफ्नो तेस्रो विश्वकपमा एमबाप्पे कप्तान नै बने । २७ वर्षको उमेरमा फ्रान्सको कप्तानी गर्दा भने एमबाप्पेले टिमलाई फाइनल पुर्याउन सकेनन् ।
लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको पुस्तापछिका उत्कृष्ट खेलाडीको रूपमा देखिएका एमबाप्पेले लगातार दुई पटक विश्वकप फाइनल खेल्दै एक पटक विश्वकपको स्वाद चाखिसकेका छन् ।
तर उत्तर अमेरिकाको तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना भएको अहिलेसम्मकै ठूलो फिफा विश्वकपमा भने एमबाप्पे उपाधिको नजिक समेत पुग्न सकेनन् ।
लगातार दोस्रो गोल्डेन बुट
टिमबाट उपाधि जित्न नसकेपनि यस पटक एमबाप्पेको व्यक्तिगत प्रदर्शन भने गज्जबको रह्यो । फाइनल पुग्न नसकेपछि तेस्रो स्थानको लागि इंग्ल्यान्ड विरुद्धको खेलमा २ गोल गर्दै एमबाप्पेले गोल स्कोरिङमा नयाँ कीर्तिमान बनाए ।
उनी २३औं संस्करणको विश्वकपमा सर्वाधिक गोलकर्ता बने । यसअघि पनि उनले गोल्डेन बुट अवार्ड जितिसकेका छन् र लगातार दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने ।
यसपटक उनले डबल डिजिटमै गोल स्कोर गरे । कूल ८ खेल खेल्दै १० गोल र ४ असिस्ट गरे ।
तेस्रो स्थान र फाइनल खेल अघिसम्म एमबाप्पे सर्वाधिक गोल गर्नेमा असिस्टका आधारमा मेसी भन्दा पछि थिए । मेसी र एमबाप्पेको समान ८ गोल थियो भने मेसीले ४ र एमबाप्पेले ३ असिस्ट गरेका थिए ।
तर तेस्रो स्थानको खेलमा एमबाप्पेले २ गोल र १ असिस्ट गरे । फाइनलमा मेसीले स्पेन विरुद्ध गोल गर्न सकेनन् ।

एमबाप्पेले लगातार दोस्रो पटक सर्वाधिक गोलकर्ता बनेर दुई पटक गोल्डेन बुट अवार्ड जिते ।
एमबाप्पे समूह चरणमा पहिलो खेलमै सेनेगल विरुद्ध २ गोल गर्दै सानदार सुरुवात गरे । त्यसपछि इराक विरुद्ध पनि सोही लय कायम राख्दै २ गोल गरे भने नर्वे विरुद्ध गोल गर्न सकेनन् ।
राउण्ड अफ ३२ मा स्वीडेन विरुद्ध पनि २ गोल नै गरेका एमबाप्पेले पाराग्वे विरुद्ध प्रिक्वाटरफाइनलमा पेनाल्टीमा निर्णायक गोल गरे । यस्तै क्वाटरफाइनलमा मोरक्को विरुद्ध पनि एक गोल गरे । सेमिफाइनलमा गोल गर्न नसकेका उनले तेस्रो स्थानको लागि भएको खेलमा २ गोल गरे ।
समूह चरणमा नर्वे विरुद्ध एमबाप्पेले गोल नगरेपनि उसमान डेम्बेलेले ह्याट्रिक गर्दै ४-१ को जित दिलाएका थिए । यस्तै सेमिफाइनलमा स्पेन विरुद्ध पनि एमबाप्पे गोल गर्न असफल रहे ।
विश्वकपकै सर्वाधिक गोलकर्ता
स्पानिस महारथी रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने एमबाप्पे गोल मेसिन हुन् । यसमा कुनै शंका रहेन, क्लब लेभलमा पनि उनले त्यो लय देखाइसकेका छन् ।
उनले यसअघिका दुई विश्वकपमा गरेको १२ गोलले पनि त्यो पुष्टि गरिसकेको थियो । यस पटक त झन् बढी गोलमेसिनको रूपमा एमबाप्पे देखा परे । उनले ८ खेल खेल्दा समूह चरणमा नर्वे र सेमिफाइनलमा स्पेन बाहेक ६ खेलमा गोल गरे । जसमा एमबाप्पेले सर्वाधिक १० गोल गरे ।
तीन संस्करणमा गरी कूल २२ खेलमा २२ गोल नै गरे । उनले सर्वाधिक गोलकर्ता बन्न विश्व फुटबलकै महान खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेसी (२१) लाई पछि पारे । मेसीले ३३ खेलमा २१ गोलको कीर्तिमान बनाएका थिए । तर एमबाप्पेले ११ खेल कम खेलेर मेसीको कीर्तिमान तोडे ।
यस विश्वकपअघि जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित सर्वाधिक गोलकर्ता थिए भने मेसीको १३ र एमबाप्पेको १२ गोल थियो ।

मेसीले अल्जेरिया विरुद्ध पहिलो खेलमै ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरे भने अस्ट्रिया विरुद्ध २ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेर क्लोजको कीर्तिमान तोडे ।
एमबाप्पेले पनि समुह चरणमा चार गोल गर्दै क्लोजको बराबरी गरे । त्यसपछि स्वीडेन विरुद्ध गोल गर्दै क्लोजलाई पछि पारे अनी मेसीलाई अन्तिमसम्म पछ्याइरहे ।
मेसीले फाइनल खेल्नुअघि एमबाप्पेले इंग्ल्यान्ड विरुद्ध २ गोल गर्दै मेसीको २१ गोलको कीर्तिमान तोडिदिए ।

यसअघि फ्रान्सका जस्ट फोन्टेनले एकै विश्वकपमा १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा समावेश थिए । यस पटक एमबाप्पे फोन्टेन क्लोज ब्राजिलियन रोनाल्डो अनी मेसी सबैलाई पछि पार्दै अघि बढे ।
एमबाप्पे सबैभन्दा कम खेलमा सर्वाधिक गोलकर्ता बन्ने देखि सबैभन्दा कम उमेर विश्वकपमा २२ गोल गर्ने खेलाडी समेत बने ।
फ्रान्स लागि १०० खेल र सर्वाधिक गोलकर्ता
एमबाप्पे यस विश्वकपमा फ्रान्सको राष्ट्रिय टिमबाट पनि केही कीर्तिमान बनाए । उनी विश्वकपमा फ्रान्सका लागि सर्वाधिक खेल खेल्ने, सर्वाधिक गोल गर्ने देखि फ्रान्सको राष्ट्रिय टिमको समेत सर्वाधिक गोलकर्ता बने ।
एमबाप्पे फ्रान्सबाट विश्वकपमा सर्वाधिक २० खेल खेल्ने गोलकिपर हुगो लोरिसको कीर्तिमान तोडे । एमबाप्पेल विश्वकपमा २२ खेल खेले । यस्तै फ्रान्सबाट विश्वकप धेरै गोल गर्ने पनि स्वभाविक रूपमा एमबाप्पे नै बने ।
साथै उनले विश्वकपको पहिलो खैलमा सेनेगल विरुद्ध २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने ओलिभर जिरुडको कीर्तिमान पनि तोडे । जिरुडले ५७ गोल गरेका थिए । सेनेगल विरुद्ध दुई गोल गरेपछि एमबाप्पेले जिरुडलाई पछि पारे ।
यस्तै दोस्रो खेलमा इराक विरुद्ध उनले अर्को उपलब्धी हात पारे । जुन फ्रान्सको सिनियर टिमबाट उनको १००औं खेल थियो । उनी फ्रान्सका लागि १०० खेल खेल्ने दशौं खेलाडी बने । यस्तै विश्वकपछि उनी फ्रान्सका लागि सर्वाधिक खेल खेल्नेमा नवौँ स्थानमा उक्लेका छन् । उनले १०६ खेल खेल्दै सर्वाधिक ६६ गोल गरेका छन् ।

फ्रान्सका लागि गोलकिपर लोरिसले नै सर्वाधिक १४५ खेल खेलेका छन् । अहिलेकै लयमा अगाडि बढेमा एमबाप्पेले उक्त कीर्तिमान पनि छिटै तोड्ने संकेत देखाएका छ ।
एमबाप्पे मोनाको क्लबमा खेल्दा सन् २०१४ मा फ्रान्सको उमेर समूहबाट खेल्न थालेका थिए । उनले फ्रान्सको यू-१७ टिमबाट २ र यु-१९ टिमबाट ११ खेल खेले ।
फ्रान्सले सन् २०१६ मा युइएफले यू-१९ च्याम्पियनसिप जित्दा १७ वर्षको उमेरमा ५ गोल गरेका थिए ।
त्यसपछि सन् २०१७ मा लक्जेम्वर्ग विरुद्धको खेलमा लागि उनी पहिलो पटक राष्ट्रिय टिममा समावेश भए । त्यस खेलमा डेब्यु गर्दे उनी फ्रान्सका लागि खेल्दै दोस्रो कान्छा खेलाडी बनेका थिए ।
यस्तै २०१७ सेप्टेम्बरमा एमबाप्पेले नेदरल्यान्ड्स विरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे । फ्रान्सका लागि लगातार खेल्दै आएका उनले एक दशक पुग्न लाग्दा राष्ट्रिय टिमको कप्तानी गर्ने विश्वकप जित्ने देखि विश्वकपमा सर्वाधिक गोल गर्नेसम्मका कीर्तिमान बनाइसकेका छन् र अझै धेरै उपलब्धिका लागि उनी तयार छन् ।

विश्वकपका सर्वाधिक गोलकर्ताहरू
किलियन एमबाप्पे : २२ गोल
लियोनल मेसी : २१ गोल
मिरोस्लाभ क्लोज : १६ गोल
रोनाल्डो : १५ गोल
गर्ड मुलर : १४ गोल
ह्यारी केन : १४ गोल
जस्ट फोन्टेन : १३ गोल
पेले : १२ गोल
प्रतिक्रिया 4