+
फिफा विश्वकप २०२६ :

रोड्रीले जिते गोल्डेन बल, एमबाप्पेलाई गोल्डेन बुट

२०८३ साउन  ४ गते ४:२७ २०८३ साउन ४ गते ४:२७

स्पेनलाई अपराजित च्याम्पियन बनाउने टिमकाा कप्तान रोड्रीले गोल्डेन बल जित्दा फ्रान्सका कप्तान एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्पेनका कप्तान रोड्रिले १६ वर्षपछि स्पेनलाई फिफा विश्वकपको उपाधि दिलाउँदै उत्कृष्ट खेलाडीका रूपमा एडिडास गोल्डेन बल अवार्ड जितेका छन् ।
  • फाइनल खेलमा स्पेनले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै इतिहासमा दोस्रो पटक विश्वकपको उपाधि उचाल्न सफल भएको छ ।
  • फ्रान्सका कप्तान किलियन एमबाप्पेले सर्वाधिक १० गोल गरेर लगातार दोस्रो पटक गोल्डेन बुट अवार्ड जित्ने कीर्तिमान कायम गरेका छन् ।

काठमाडौं । स्पेनका कप्तान रोड्रिगो हर्नान्डेज कासान्ते (रोड्रि)ले फिफा विश्वकप २०२६ को गोल्डेन बल अवार्ड जितेका छन् ।

स्पेनलाई १६ वर्षपछि विश्वकप जिताउन नेतृत्वदायी भुमिका खेलेका रोड्रीले प्लेअर अफ दि टुर्नामेन्ट बन्दै एडिडास गोल्डेन बल जिते । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई पछि पारे ।

रोड्रीले स्पेनको कप्तानी देखि मैदानमा मिडफिल्डको नेतृत्व गर्दै बल कन्ट्रोल गर्ने र अट्याकिङमा समेत योगदान दिने काम गरेका थिए ।

रोड्रीको कप्तानीमा रहेको स्पेनले सोमबार विहान भएको फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै दोस्रो पटक फिफा विश्वकप उपाधि जितेको हो ।

सन् २०१८ मा स्पेनको लागि डेब्यु गरेका रोड्री स्पेनलाई विश्वकप जिताउने दोस्रो कप्तान बने । यसअघि सन् २०१० मा गोलकिपर इकर क्यासियासको कप्तानीमा स्पेनले पहिलो पटक उपाधि जितेको थियो ।

गोल गर्ने भन्दा पनि रवड्री टिमको मिडफिल्डमा मुख्य खेलाडीको रुपमा रहने गर्छन् । उनले सन् २०२४ मा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डे’ओर अवार्ड समेत जितेका थिए ।

म्यानचेष्टर सिटीबाट क्लब फुटबल खेल्ने रोड्री फिफा विश्वकप, युइएफए च्याम्पियन्स लिग र बालोन डे,ओर जित्ने ११ खेलाडीको सूचीमा समावेश भएका छन् ।

सन् २०२४ को युरो कप स्पेनले जित्दा रोड्रीले  ने उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका थिए ।

अर्जेन्टिनाका कप्तान मेसीले शिल्भर बल जिते भने फ्रान्सका कप्तान एमबाप्पेले ब्रोन्ज बल जिते ।

यस्तै स्पेनका गोलकिपर उनाई सिमोले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते भने स्पेनकै युवा डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । सिमोनले यस विश्वकपमा ८ खेल खेल्दा ७ खेलमा क्लिनसिट राख्दै नयाँ कीर्तिमान बनाए । साथे उनले विश्वकपमा लगातार ६०० मिनेट भन्दा बढी समय कुनै गोल नखाने कीर्तिमान पनि बनाए । यस्तै १९ वर्षीय बार्सिलोनाका डिफेण्डर कुबारेसीले स्पेनको डिफेन्सलाइनमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

विश्वकपभर सर्वाधिक १० गोल गरेका फ्रान्सका कप्तान एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट अवार्ड जिते । एमबाप्पे लगातार दुई पटक गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी समेत बने ।

८ गोल गरेका मेसीले शिल्भर बुट र ७ गोल गरेका इंग्ल्यान्डका जुड बेलिङघमले ब्रोन्ज बुट अवार्ड जिते ।

फिफा विश्वकप २०२६ रोड्रि
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय