+

साउदी लिगमा रोनाल्डोको कीर्तिमान

२०८१ जेठ  १५ गते ८:२८ २०८१ जेठ १५ गते ८:२८
साउदी लिगमा रोनाल्डोको कीर्तिमान

१५ जेठ, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् ।

लिगको अन्तिम खेलमा अल-इतिहाड विरुद्ध २ गोल गर्दै रोनाल्डोले एकै सिजन ३५ गोलको कीर्तिमान बनाए ।

उक्त खेलमा रोनाल्डोको टोली अल नासेर ४-२ ले विजयी भएको थिए ।

३९ वर्षीय रोनाल्डोले यसअघि अब्देराजाक हमदाल्लाले सन् २०१८-१९ मा राखेको ३४ गोलको कीर्तिमान तोडेका हुन् ।

सन् २०२३ जनवरीमा म्यानचेष्टर युनाइटेड छाडेर साउदी पुगेका पोर्चुगिजका फरवार्ड रोनाल्डो अल नासेरका लागि सबै खाले प्रतियोगितामा ६९ खेलमा ६४ गोल गरेका छन् ।

अन्तिम खेलमा जितपछि अल नासेर साउदी लिगमा दोस्रो भएको छ । च्याम्पियन अल हिलालभन्दा १४ अंकले पछि रहेको अल नासेरले तेस्रो स्थानको अल-अहलीमाथि १७ अंकको अग्रता बनाएको थियो ।

रोनाल्डोले २२ वर्षे करियरमा अहिलेसम्म क्लब फुटबलमा स्पोर्टिङ लिस्वन, म्यानचेष्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासेरमा गरी ७६५ गोल गरेका छन् ।

यस्तै रोनाल्डोले पोर्चुगलका लागि २०६ खेल खेल्दै सर्वाधिक १२८ गोल गर्ने कीर्तिमान बनाएका छन् ।

क्रिष्टियानो रोनाल्डो साउदी लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय