News Summary
Generated by OK AI. Editorially reviewed.- जापानको आइची-नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने भएका छन्।
- सिंहदरबारमा आयोजित बिदाइ समारोहमा नेपालबाट खेलाडी, पदाधिकारीसहित २११ सदस्यीय टोली सहभागी हुने जानकारी दिइएको हो।
- यसअघि तय २२ खेलका १३७ खेलाडीबाट ब्रेकिङ डान्स र उसुका १-१ खेलाडी घटेपछि संख्या २१ खेल र १३५ खेलाडीमा झरेको हो।
२६ भदौ, काठमाडौं । जापानको आइची-नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी हुने भएका छन् ।
सेप्टम्बर १९ देखि अक्टोबर ४ सम्म हुने एसियन गेम्समा नेपालबाट १३५ खेलाडीसहित २११ सदस्यीय टोली सहभागी हुने भएको हो ।
बिहीबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित बिदाइ समारोहमा नेपालबाट सहभागी हुने खेलाडी पदाधिकारीसहितको टोलीको अन्तिम संख्याबारे जानकारी दिइएको हो ।
यसअघि नेपालबाट २२ खेलमा १३७ खेलाडी सहभागी हुने तय थियो । तर ब्रेकिङ डान्स र उसुका १-१ खेलाडी घटेका छन् । ब्रेकिङका एक मात्र खेलाडी सुनिल बम्जन सहभागी हुन लागेकोले सुनिल नजाने भएपछि खेल नै घटेको हो ।
अब नेपालबाट २१ खेलमा ५७ महिला र ७८ पुरुष गरी १३५ खेलाडीले २०औं एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ खेल प्राविधिक पनि सहभागी हुनेछन् ।
नेपालबाट आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, र्याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् ।
२०औं एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा सेप्टेम्बर १० बिहीबार देखि नै सुरु भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर १९ मा हुनेछ ।
प्रतिक्रिया 4