News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले बिहीबार सेमिफाइनलमा ओमानलाई हराउँदै मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ।
- अर्को सेमिफाइनलमा यूएईले हङकङलाई ७ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ।
- नेपाल र यूएईबीचको फाइनल शनिबार हुनेछ, र विजेताले एसिया कपमा स्थान बनाउनेछ।
२६ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने भएको छ ।
बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।
अर्को सेमिफाइनलमा यूएईले हङकङमाथि ७ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको थियो ।
यूएई प्रतियोगितामा अपराजित छ । यूएईले समूह चरणका चारवटै खेल जितेर सेमिफाइनल खेलेको थियो ।
नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग पराजित भएको थियो ।
नेपाल र यूएईबीचको फाइनल खेल शनिबार हुनेछ । उपाधि विजेताले एसिया कपमा स्थान बनाउनेछ ।
प्रतिक्रिया 4