+

नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट

२०८३ भदौ  २५ गते १२:४० २०८३ भदौ २५ गते १२:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई हराएर नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।
  • फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।
  • एसिया कपमा छनोट हुन नेपालले शनिबार हुने फाइनलमा यूएईलाई हराउनुपर्ने हुन्छ ।

२६ भदौ, काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ ।

बिहीबार भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा ओमानलाई हराएर फाइनल पुगेसँगै नेपाल इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको हो ।

प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीसँगै तेस्रो हुने टोली पनि इमर्जिङ एसिया कपमा छनोट हुने प्रावधान छ ।

एसिया कपमा छनोट हुनका लागि भने प्रतियोगिताको फाइनल जित्नुपर्ने हुन्छ ।

फाइनलमा नेपाल र यूएई खेल्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय