+

नेपाल गल्फ संघले गर्‍यो सुवास तामाङ र श्याम चित्रकारलाई सम्मान

२०८१ जेठ  १४ गते २०:२५ २०८१ जेठ १४ गते २०:२५
नेपाल गल्फ संघले गर्‍यो सुवास तामाङ र श्याम चित्रकारलाई सम्मान

१४ चैत, काठमाडौं । नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पुर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र वरिष्ठ पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र नगद एक लाख सहित सम्मान गरेको हो । गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले २५ हजार गरी सुबाशलाई एक लाख प्रदान गरिएको हो ।

पुर्व नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा नेपाली गल्फको सर्वाधिक सफल गल्फर सुवाशले १३औं दक्षिण एसियाली खेलकुद सागमा ऐतिहासिक दोहोरो स्वर्ण जितेका थिए । उनले बङ्गलादेश ओपनमा सदभाव आचार्यसँग टिम तर्फ स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत जितेका थिए ।

यसैगरी सुवाशले १२२औं संस्करणको अल इन्डिया एमेच्योर ओपनको उपाधि जिते । उनी भारतमा प्रतिष्ठित उपाधि जित्ने पहिलो नेपाली गल्फर बने । यही सफलताहरूको कदर गर्दै संघले सुवाशलाई सम्मान गरेको हो । सुवाशले यही वर्ष प्रोफेसनल करियरको सुरूवात गरेका छन् ।

यसैगरी वरिष्ठ पत्रकार श्याम चित्रकारलाई गल्फ खेलको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै नगद २५ हजारसहित सम्मान गरिएको छ ।आजै नेपाल गल्फ संघको वार्षिक साधारण सभाले महासचिवमा दिपक आचार्य र सचिवमा श्रीराम भण्डारीलाई नियुक्त गरेको छ ।

संघको कार्यसमितिले प्रस्तुत गरेको मनोनयनको एजेन्डालाई साधारण सभाले पारित गर्दा आचार्य र भण्डारी नियुक्त भएका हुन् । यसैगरी साधारण सभाले महासचिव दिपक तथा कोषाध्यक्ष किसन अग्रवालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

नेपाल गल्फ संघ सुवाश तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय