+

२३औं पल्सर स्पोर्ट्स अवार्ड १८ भदौमा

२०८३ साउन  ६ गते १४:४९ २०८३ साउन ६ गते १४:४९

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्वको कार्यक्रम पल्सर स्पोट्र्स अवार्डको २३ औं संस्करण भदा‌ै १८ गते हुने भएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्डको २३ औं संस्करण आगामी भदौ १८ गते काठमाडौंको द ब्लु पवेलियनमा आयोजना गर्ने घोषणा गरेको छ ।
  • यो वर्ष खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई नौ विधामा सम्मान गरिनेछ जसमा विजेतालाई पल्सर मोटरसाइकल र नगद पुरस्कार प्रदान गरिनेछ ।
  • मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाबीच सम्झौता भएसँगै मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपले ४५ लाख बराबरको सहयोग गर्ने भएको छ ।

६ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ‌) को आयोजनामा नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महत्त्वको कार्यक्रम पल्सर स्पोर्ट्स अवार्डको २३औं संस्करण भदा‌ै १८ गते हुने भएको छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रममा गर्दै अवार्ड कार्यक्रम भदौ १८ गते प्रदर्शनी मार्ग स्थित नेपाल पुलिस क्लबको ‘द ब्लु पवेलियन’ मा हुने जानकारी दिएको हो ।

मञ्चले गतवर्ष पहिलो पटक काठमाडौं बाहिर पोखरामा भव्यताका साथ पल्सर स्पोर्टस अवार्ड आयोजना गरेको थियो  ।

२०८२ सालभर नेपाली खेलकुदलाई उच्च स्थानमा पुऱ्याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिन्छ ।

पल्सर स्पोर्ट्स अवार्ड २०८२ मा ९ विधामा अवार्ड प्रदान गरिने छ । त्यसमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने र यसका लागि मञ्चको खेलाडी छनोट समितिले तयारी सुरु गरिसकेको मञ्चले जनाएको छ ।  मनोनयनमा ५-५ जना रहने प्रावधान छ ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ ।

पल्सर स्पोर्टस अवार्ड २०८२ लाई सफल बनाउन मञ्चका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ ।

गत वर्ष पुरुषतर्फ क्रिकेटका दीपेन्द्र सिंह ऐरी, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ क्रिकेट खेलाडी पुजा महतो र प्रशिक्षकतर्फ कविराज नेगीले अवार्ड जितेका थिए । सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलका हिमाल सुनारीले जितेका थिए ।

स्पेसल अवार्डबाट तेक्वान्दोका तुलसी कुमार गुरुङ, पारा एथलिट सम्मानबाट प्रभा आङदेम्बे, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट बंगलादेशका पत्रकार राना हसन र लाइफटाइम एचिभमेन्ट अवार्डबाट खड्ग रानाभाटलाई सम्मानित गरिएको थियो ।

गोल्छा ग्रुपसँग सहकार्य निरन्तर

पल्सर स्पोर्ट्स अवार्ड २०८२ का लागि मञ्चले गोल्छा ग्रुपसँग सहकार्यलाई निरन्तरता पनि दिएको छ । बुधबारै मञ्चका अध्यक्ष निरन्जन अधिकारी र गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

गोल्छा ग्रुपसँग मञ्चले पल्सर स्पोर्टस अवार्डका लागि मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको १९औं वर्ष हो । सम्झौता अनुसार गोल्छा ग्रुपले मञ्चलाई १७ लाख नगद र पाँच मोटरबाईक प्रायोजन गर्ने गोल्छा ग्रुपको नपर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।

नगद र बाइक गरी कूल ४५ लाख बराबरको प्रायोजन हुने गोल्छाले जानकारी दिए ।

पल्सर स्पाेर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय