
सचिवमा बढुवा भएका राजकुमार श्रेष्ठ
१६ भदौ, काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद बैठकले तीन निजामती कर्मचारीको बढुवा गरेको छ ।
सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सहसचिव राजकुमार श्रेष्ठ सचिवमा बढुवा भएका छन् । हाल उनी निर्वाचन आयोगको प्रवक्ता छन् ।
यस्तै सरकारले परराष्ट्र मन्त्रालयका दुई उपसचिवहरु कृष्णचन्द्र अर्याल र धनबहादुर ओलीलाई सहसचिवमा बढुवा गरेको कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4