
२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् ।
सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । उनीहरुले शनिबार र्यालीसहित भृकुटीमण्डपमा पुगेर मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तासँगै उम्मेदवारहरुले चुनाव प्रचार शुरु गरिसकेका छन् ।
उम्मेदवारहरुले चुनाव प्रचारका नयाँ नयाँ र मौलिक तरिका पनि अपनाएका छन् । कसैले साँस्कृतिक झाँकीसहित प्रचार प्रसार गरेका छन् भने कसैले रंगीविरंगी तुल, व्यानरहरु प्रयोग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4