
९ पुस, काठमाडौं । वागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त संस्कृतिमन्त्री दीपेन्द्र श्रेष्ठ, भूमि व्यवस्थामन्त्री बलराम पौडेल र उद्योगमन्त्री मिलनबाबु श्रेष्ठलाई शपथ गराएका हुन् ।
यस्तै नवनियुक्त भौतिक पूर्वधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रजनी अमात्य जोन्छे र स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले पनि शपथ खाएका छन् । तीनै जना राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ खुवाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4