
२१ पुस, काठमाडौं । कात्तिक अन्तिम साता शुरु भएर मंसिर पहिलो साता सम्पन्न जनगणनामा खटिएका गणकको पारिश्रमिक/तलबमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खर्च भएको छ ।
अर्थ मन्त्रालयका अनुसार राष्ष्ट्रिय योजना आयोगमार्फत यो रकम खर्च गरिएको हो । जनगणनामा देशभर करिब ४० हजार गणक खटिएका थिए ।
केन्द्रीय तथ्यांक विभागले जनगणनाको पुरै चक्र सम्पन्न हुने बेलासम्म करिब ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो । त्यसमध्ये एकसाथ ठूलो खर्चको अंश जनगणनामा खटिने गणकको पारिश्रमिकमा थियो ।
विभागले तीन महिनाभित्र प्रारम्भिक नतिजा ल्याउने र दुई वर्ष भित्र पुरै तथ्यांक प्रकाशनको काम सकाउने गरी अहिले काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4