+

डेनमार्कको टोलीमा परे एरिक्सन

२०७८ चैत  १ गते १७:१८ २०७८ चैत १ गते १७:१८
डेनमार्कको टोलीमा परे एरिक्सन

१ चैत, काठमाडौं । युरोकप २०२० का क्रममा हृदयघात भएर मैदानमा ढलेका क्रिस्टियन एरिक्सन त्यसपछि पहिलो पटक राष्ट्रिय टिममा समावेश भएका छन् ।

प्रशिक्षक क्यास्पर हलमन्डले २३ सदस्यीय राष्ट्रिय टिममा एरिक्सनलाई पनि समावेश गरेका छन् । डेनमार्कले मार्च २६ गते आम्सटर्डममा नेदरल्याण्ड्ससंग खेल्नेछ भने मार्च २९ मा सर्वियासंग घरेलु मैदानमा खेल्नेछ ।

एरिक्सन गत वर्ष युरोकपमा फिनल्याण्ड विरुद्धको खेलको पहिलो हाफमै हृदयघातका कारण मैदानमा ढलेका थिए ।

त्यसको ८ महिनापछि उनी गत जनवरीमा प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा अनुबन्ध भएका थिए ।

उनले फेब्रुअरी २६ मा न्युकासल युनाइटेड विरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै पुनरागमन गरेका थिए ।

क्रिस्टियन एरिक्सन खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय