+

टी–२० विश्वकप : नेपालको खेल तालिका, प्रमुख हतियार, बलियो पक्ष

२०८१ वैशाख  २७ गते १८:०९ २०८१ वैशाख २७ गते १८:०९
टी–२० विश्वकप : नेपालको खेल तालिका, प्रमुख हतियार, बलियो पक्ष

२७ वैशाख, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५–५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्नेछन् ।

सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । टी–२० विश्वकपमा नेपालको खेल तालिका, समय, टोली, लाइभ, इतिहास, कमजोरी, बलियो पक्ष, प्रमुख हतियार बारे जानकारी ।

विश्वकपमा समूह विभाजन

समूह ए – क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान र अमेरिका

समूह बी – अष्ट्रेलिया, इंग्लयाण्ड, नामिबिया, ओमान, स्कटल्यान्ड

समूह सी – अफगानिस्तान, न्युजिल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र वेष्टइण्डिज

समूह डी – नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका

टी–२० विश्वकपमा नेपाली समय अनुसार खेल तालिका, समय र मैदान

जेठ २२ (४ जुन ) – नेपालविरुद्ध नेदरल्यान्ड्स, राती ९ : १५, ग्रान्ड पेरी स्टेडियम

जेठ ३० (१२ जुन ) – नेपालविरुद्ध श्रीलंका, बिहान ५ : १५, सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियम

असार १ (१५जुन) – नेपालविरुद्ध दक्षिण अफ्रिका, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

असार ३ (१७ जुन) – नेपालविरुद्ध बंगलादेश, बिहान ५ : १५, आरोन्स भेल ग्राउण्ड किंग्स टाउन

नेपालको बलियो र कमजोरी पक्ष

यस विश्वकपमा ब्याटिङमा गहिराइ हुनु नेपालको बलियो पक्ष हो । नेपालको प्लेइङ ११ मा ८/९ नम्बर सम्मका कुनैपनि खेलाडीले ब्याटिङबाट खेल जिताउन सक्छन् । नेपालको १५ सदस्यीय टोलीमा सागर ढकाल, ललित राजवंशी र अभिनाश बोहरा बाहेक अन्य सबै खेलाडी राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

नेपालले कमजोर सुरुवात गर्दा पनि तल्लोक्रमका खेलाडीमा भरपर्न सक्छ । कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र करण केसी जस्ता टी–२० विशेष खेलाडी टोलीमा छन् ।

नेपालको कमजोर पक्ष भनेको विदेशी भूमिका राम्रो खेल्न नसक्नु हो । नेपालको इतिहासदेखि नै विदेशी भूमिका राम्रो प्रदर्शन छैन ।

दीपेन्द्र प्रमुख हतियार

दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख खेलाडी हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यसै महिना एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गर्दै दुर्लभ विश्व कीर्तिमान रचेका थिए । दीपेन्द्रले अफ स्पिनमा मध्यक्रम र डेथ ओभर दुबैमा लगातार राम्रो प्रदर्शन गरेका छन् ।

उनी फिल्डिङबाट पनि खेललाई मोड्न सक्ने खुबी राख्छन् । त्यसैले विश्वकपमा दीपेन्द्रको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ६४ टी–२० आईमा १ शतक र ९ अर्धशतकसहित १६२६ रन बनाउनुको साथै ३७ विकेट लिएका छन् ।

लाइभ : आईसीसी टिभी र स्टार स्पोर्ट्स च्यानल ।

टी–२० विश्वकपमा नेपालको इतिहास

यसअघि नेपालले २०१४ मा बंगलादेशमा सम्पन्न टी–२० विश्वकपमा डेब्यू गरेको थियो । उक्त विश्वकपमा नेपाल समूह ए मा थियो । पहिलो खेलमा हङकङलाई ६७ रनले हराउँदै डेब्यू विश्वकपमा शानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा बंगलादेशसँग नेपाल ८ विकेटले पराजित भएको थियो ।

तेस्रो खेलमा अफगानिस्तानलाई ९ रनले हराएको थियो । नेपाल र बंगलादेशको समान ४ अंक थियो । तर बंगलादेशको नेटरनरेट १.४६६ र नेपालको ०.९३३ थियो । बंगलादेश नेटरनरेटमा माथि रहँदै सुपर १० मा पुगेको थियो । नेपाल १० वर्षपछि पुन विश्वकप खेल्दैछ ।

२०१४ को विश्वकप खेल्ने सोमपाल एक्लो खेलाडी

२०१४ को विश्वकपबाट २०२४ मा खेल्ने सोमपाल नेपालको एक्लो खेलाडी हुन् । अन्य १४ खेलाडीले पहिलो पटक विश्वकप खेल्दैछन् ।

नेपाल कप खेल्ने नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जि.सी., सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी ।

टी-२० विश्वकप नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय