
११ वैशाख, चितवन । नेकपा एमालेले गैंडाकोट नगरपालिकाको मेयरमा पुनः छत्रराज पौडेललाई उठाउने निर्णय गरेको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीले पौडेललाई मेयर पदमा उठाउने निर्णय गरेको नेकपा एमाले गैंडाकोट नगरकमिटीका उपाध्यक्ष नवराज कंडेलले जानकारी दिए ।
पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गैंडाकोट नगरपालिकाको मेयरमा विजयी भएका थिए । उनले केही दिन अगाडि मेयर पदबाट राजीनामा दिइसकेका छन् ।
एमालेबाट मेयर पदका लागि जिल्ला उपसचिव यमुनाथ आचार्य, जिल्ला सदस्य गोपालप्रसाद गौतम र छत्रराज पौडेलको नाम सिफारिस गरेर प्रदेश कमिटीमा पठाइएको थियो ।
उपमेयरको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ । नेकपा एमाले र अन्य दलहरुबीच गठबन्धनको प्रयास भैरहेकाले उपमेयर पदको टुंगो नलागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4