
काठमाडौं । शनिबार बिहान अभिनेता शिव श्रेष्ठले ४१ वर्षअघिको स्मरण दिलाउने एउटा ‘अर्थपूर्ण’ तस्वीर सामाजिक सञ्जलामा सेयर गरे । त्यो धूमिल तस्वीरमा बलिउड महानायक अमिताभ बच्चन र बच्चा बेलाका अभिषेक बच्चनसँग शिव देखिन्छन् ।
यो ‘नोस्टाल्जिक’ तस्वीरसँग शिवका यादहरु गाँसिएका छन् । ‘महान्’ छायांकन बेला नेपाल आएका बच्चन र आफ्नो फिल्म ‘जीवनरेखा’को सुटिङको सन्दर्भमा मलेखुमा उक्त तस्वीर खिचिएको शिवले जनाएका छन् ।
शिवका अनुसार अमिताभसँग ‘मलेखु’को त्यो फोटो खिचाइसँग केही रोचक किस्सा पनि छन् । हिन्दी फिल्म हेर्दै हुर्किएका शिवलाई आफ्ना प्रिय अभिनेता अमिताभसँग तस्वीर खिचाउनु दुर्लभ अवसर समेत थियो ।
‘जीवनरेखा’का निर्देशक प्रकाश थापामार्फत शिवले अमिताभलाई भेटेका रहेछन् । उनै थापाले अभिनेता श्रेष्ठलाई अमिताभ कहाँ लिएर गए । त्यहाँ पुग्दा अमिताभले प्रकाशलाई देखेर झुकेर ढोग्न खोजेको र प्रकाशले रोकेको किस्सा पनि शिवले सुनाए ।
फोटो खिच्नुअघि अमिताभले शिवलाई भनेका थिए, ‘तो आप भी हिरो…अच्छा करना ।’ अमिताभले बोलिरहँदा आफू नर्भस भएको र टाउको मात्र हल्लाउन सकेको उनी बताउँछन् ।
प्रकाशप्रति अमिताभको सम्मान चाहिं अमिताभको पहिलो फिल्म ‘सात हिन्दूस्तानी’मा पनि प्रकाशको पनि भूमिका रहेछ । अभिनेता शिव नेपालमा मात्र नभएर पाकिस्तानी फिल्ममा समेत उत्तिकै चर्चित छन् ।
प्रतिक्रिया 4