
१ जेठ, बाजुरा । बाजुराको स्वामिकार्तिकखापर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर रोकाया निर्वाचित भएका छन् । उनी २०११ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका चतुर्भुज शाहीले १७५७ र नेकपा एकीकृत समाजवादीका चिरञ्जीवी शाहीले १२८२ मत पाए ।
त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसका मैना जोशी १८१० मत सहित निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुलोचना भण्डारीले १६३७ र नेकपा माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले १२१३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4