
२ जेठ, काठमाडौं । हेलम्बु गाउँपालिकाको अध्यक्षमा फेरि नेपाली कांग्रेसका निमा ग्याल्जेन शेर्पा विजयी भएका छन् । ५ हजार ३८६ मत ल्याएर उनी अध्यक्ष बनेका हुन् ।
एमालेका दावा लामा ४ हजार ६०४ मत ल्याएर पराजित भए । माओवादी केन्द्रका पेमा लामाले ८१३ मत पाए ।
उपमेयरमा कांग्रेसकै अप्सरा लम्साल लामिछाने निर्वाचित भएकी छिन् । उनले ५ हजार २१४ मत ल्याइन् ।
एमालेकी गंगा अर्यालले ४ हजार ६७१ मत ल्याएर चुनावमा पराजय भोगिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4