
३ जेठ, दोलखा । दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले वियजी भएको छ ।
जिरीको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा कृष्णमाया बुढाथोकी (खड्का) निर्वाचित भएका छन् ।
जिरेलले मेयरमा २ हजार ९४९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका लाक्पा शेर्पाले २ हजार ६९२ मत मात्र पाए ।
यस्तै उपमेयरमा बुढाथोकीले ३ हजार ४३४ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्का तेजबहादुर तामाङले ३ हजार १२० मत मात्र ल्याए । २०७४ सालमा पनि बुढाथोकी जिरीको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4