
फाइल तस्वीर
८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन साहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।
१ लाख १६ हजार ८८५ मत गणना हुँदा साह नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १७४२४ मतले अगाडि छन् । साहले ४१ हजार २७९ मत ल्याउँदा सिंहले २३ हजार ८५५ मत ल्याएकी छन् ।
नेकपा एमालेका केशव स्थापितले भने २३ हजार २४ मत ल्याएका छन् । स्थापित सिंहभन्दा ८३१ मतले पछि परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4