+
+

महासंघको भिजन पेपर-२०३० सँग सरकारले सम्झौता गर्छ : मन्त्री बडू

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १६:२०
फाइल तस्वीर

१३ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् ।

शुक्रबार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा) ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बडूले महासंघले निकालेको भिजन पेपर-२०३० ले औंल्याएका केही विषयहरुमा सरकारले आगामी हप्ता सम्झौता गर्ने तयारीमा रहेको बताए ।

मन्त्री बडूले नेपालको लजिष्टिक नीति अन्तिम चरणमा पुगेको बताए । उनले सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम गरिरहेको बताए । मन्त्री बडूले मल्टिमोडल ट्रान्सफर याक्टको समयसापेक्ष संशोधन तथा नियमावली तत्काल जारी गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘नेफाले उठाउँदै आएको भारतको बन्दरगाहदेखि वीरगञ्ज सुख्खा बन्दरगाहसम्मको रेल्वे सेवामा निजी क्षेत्रका रेल्वे सेवाप्रदायकहरुलाई अनुमति दिनुपर्ने माग सम्बोधन भएको छ । यसबाट कार्गो व्यवसायी आयात–निर्यात व्यवसायीहरुले तुलानात्मक लाभ लिएको विश्वास गरेको छु ।’

अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत क्षेत्रमा समेत निरन्तर काम भइरहेको र नेपालको लजिष्टिक नीतिको मस्यौदा मन्त्रिपरिषद्‍मा पुगिसकेकाले अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?