
फाइल तस्वीर ।
९ भदौ, काठमाडौं । पाँच टी-२० शृंखलाको पहिलो खेलमा केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ ।
नैरोवीस्थित जिमखान क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले ७ विकेट गुमाएर १३० रन बनाएको हो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास नान्डासन ३० रनमा अविजित रहे ।
बलिङमा नेपालका लागि सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल आलम र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4