
३१ भदौ, काठमाडौं । सिन्धुपाल्चोकको लार्चामा रहेको तातोपानी सुख्खा बन्दरगाह सञ्चचालनका लागि नेपाल इन्टर मोडल यातायात विकास समिति र एक निजी कम्पनीबीच सम्झौता भएको छ ।
बन्दरगाह व्यवस्थापनका लागि विकास समितिले आह्वान गरेको ग्लोबल टेन्डरमा विराटनगरको ट्रान्स सिल्क टर्मिनल कम्पनी छानिएको विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । कम्पनीले पाँच वर्षका लागि ११ करोड ७० लाख रुपैयाँमा बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको हो ।
बोलकबुलमा सहभागी तीन कम्पनीमध्ये ट्रान्स सिल्क टर्मिनलको प्रस्ताव स्वीकृत भएको विकास समितिले जनाएको छ । निजी कम्पनीले बन्दरगाह सञ्चालनको काम १० असोजदेखि थाल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4