
१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी हरुलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाजका प्रतिष्ठित ब्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।
राप्रपा असफल हुँदा परिवर्तन र विकास चाहनेहरुलाई धोका हुने लिङ्देनले दावी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4