
९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि ४ कात्तिको लागि १७ औं वार्षिक साधारणसभा बोलाएको छ ।
साधारणसभा र लाभांश प्रयोजनाको लागि २७ असोजमा कम्पनीको सेयरधनी पुस्तिका तथा सेयर दाखिला बन्द (बुक क्लोज) हुने कम्पनीले जनाएको छ ।
यसअनुसार २६ असोजसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश र साधारणसभामा सहभागि हुन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4