
११ असोज, काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले करारमा रहेका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने तयारी गरेको छ ।
विश्वविद्यालयको आउँदो बिहीबार हुने सिनेट बैठकमा करारमा रहेका ७ जना शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गर्ने तयारी गरेको हो । विभिन्न समयमा करारमा नियुक्त भएका शिक्षकहरुलाई स्थाई गर्न लागेको एक प्राध्यापकले जानकारी दिए ।
त्यसैगरी विश्वविद्यालयले सिनेट बैठकबाट दुई वटा थप परीक्षा सह-नियन्त्रकको पद थप गर्ने तयारी गरेको छ । ४ हजार ४२५ विद्यार्थी रहेको विश्वविद्यालयमा एक परीक्षा नियन्त्रक र एक सह–नियन्त्रक रहेका छन् ।
एक प्राध्यापक भन्छन् ‘सबै राजनीतिक दलको भाग पु¥याउनको लागि अनावश्यक पद थप्न लागेका छन् । जसले विश्वविद्यालयलाई आर्थिक भार थप्न बाहेक केही हुँदैन ।’
खुला प्रतिस्पर्धा नगराई करारलाई स्थायी नियुक्त गर्दा विश्वविद्यालयको गुणस्तर खस्किने भन्दै विरोध भएको छ ।
प्रतिक्रिया 4