
११ असोज, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजारको मागको बेवास्ता गर्दै अत्यन्तै न्यून सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरबारमा भेट्दै महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वको महासंघको प्रतिनिधि मण्डलले कच्चा सुनको न्यून आपूर्तिले बजारमा परेको प्रभावबारे जानकारी गराएको हो । सल्लाहकार सुवेदीले यस विषयमा सम्बन्धित निकायमार्फत पहल लिने आश्वासन दिएका छन् ।
अहिले दैनिक १० केजी सुन वैधानिक तरिकाबाट आपूर्ति हुँदै आएको छ । विगतमा सुनको सिजनमा दैनिक २५ किलो सुन आयात हुँदै आएको थियो ।
प्रतिक्रिया 4