
१४ असाोज, बुटवल। नेपाली कांग्रेसका युवा नेता डा. दामोदर भुसालले चुनावमा टिकटका आकांक्षी पुराना नेताहरुको व्यवस्थापन गर्न ‘पावर होलिडे’ लागू गर्नुपर्ने माग गरेका छन् ।
कांग्रेसभित्र टिकटका लागि देखिएको आन्तरिक कलह अन्त्य गर्न दुई पटक सांसद भएका वा दुई पटक निर्वाचनमा परीक्षण भई उपविजेता भएका नेतालाई ‘पावर होलिडे’मा राखेर नयाँलाई अवसर दिनुपर्ने उनको माग छ ।
‘कांग्रेसभित्र टिकटका लागि जुन गुटगत शक्ति संघर्ष र विद्रोहको अवस्था छ, यसलाई रोकेर पार्टीलाई एकजुट बनाउन पावर होलिडेमा जानुपर्छ’, भुसालले अनलाइनखबरसँग भने, ‘यसले कांग्रेसभित्रको मात्र होइन, गठबन्धन र अन्य दलभित्रको असन्तुष्टि पनि व्यवस्थापन हुन्छ ।’
आफूले यो अवधारणा पार्टीका शीर्ष नेताहरुसमक्ष राख्न काठमाडौंमै गएर धेरै दिन प्रयास गर्दा पनि नसकेपछि सञ्चारमाध्यमको सहारा लिनुपरेको खुलाए ।
दलहरुप्रति मतदाताको आशा जीवित राख्न र नयाँ पुस्तालाई गाइड गर्न ५ देखि ७ प्रतिशत मात्रै सिनियर नेतालाई टिकट दिनुपर्ने भुसालको माग छ ।
गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसबाट उम्मेदवार सिफारिस डा. भुसालले चुनाव लक्षित गठबन्धन अलोकतान्त्रिक हुने भन्दै गठबन्धन गर्दैमा चुनाव जितेर वहुमत आउँछ भन्ने सपना देख्नु गम्भीर भुल हुने बताए ।
प्रतिक्रिया 4