
२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष लिङ्देनले आइतबार बिहान ११ः३० बजे आफैँ उपस्थित भएर झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष लिङ्देनलाई झापा ३ मा एमालेको समर्थन गरेको छ । उनको प्रस्तावक माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए । प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ ।
प्रदेश ‘क’ मा बसन्त बानियाँ र ‘ख’ मा छविलाल चुडालले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया 4