+
+

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानको वेबसाइट ह्याक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:०५

२५ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।

संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटी, बीआईटीलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फाराम भर्ने पेज मंगलबार ह्याक भएको हो ।

उक्त पेजमा ह्याकरले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गरेको छ ।

बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?