
३१ असोज, काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ ।
गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ७० वर्षे गुरुङको सोमबार निधन भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।
उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो ।
विदेशमा रहेका सन्तानहरु नआइपुगुन्जेल गुरुङको शव पाटन अस्पतालमा राखिने निकटस्थले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4