
११ कात्तिक, काठमाडौ । काठमाडौं उपत्यकामा प्रमुख दल र स्वतन्त्र उम्मेदवारको सहभागितामा उम्मेदवार मेला आयोजना हुने भएको छ । भूगोलपार्क प्रालि आयोजक रहेको सो मेला १६ कात्तिकमा राजधानीको भृकुटीमण्डपमा हुनेछ ।
यो मेलामा उम्मेदवारहरुले राष्ट्रिय र स्थानीय मामिलामा मतदातासंग आ–आफनो दृष्टिकोण प्रस्तुत गर्न पाउने आयोजकले जनाएको छ । अन्यत्र यस्तो प्रचलन भएपनि नेपालका लागि यो नयाँ अभ्यास हुने आयोजकको भनाइ छ ।
‘यो कार्यक्रममा मतदाताले एकै ठाउँमा एक भन्दा बढी उम्मेदवार भेट्नेछन् भने उम्मेदवारका लागि पनि आफू अरु भन्दा योग्य छु भनेर देखाउने महत्वपूर्ण अवसर हुनेछ’, प्रालिका प्रबन्ध निर्देशक सिमोन ढुगांनाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4