+
+

काठमाडौं महानगरले थाल्यो वार्षिक खरिद योजनाबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १८:०६

२० कात्तिक , काठमाडौ‌ं । काठमाडौं महानगरपालिकाले वार्षिक खरिद गुरुयोजनाबारे छलफल अघि बढाएको छ । वार्षिक खरिद गुरुयोजनाबारे विभागीय प्रमुख, परामर्शदाता, सामुदायिक सेवा केन्द्रका अधिकारी लगायतसँग छलफल अघि बढाएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए ।

परामर्शदाताबाट प्राप्त प्रस्तावका विषयमा जानकारी दिँदै खरिद एकाइका प्रमुख ध्रुव काफ्लेले भने, ‘चालु आर्थिक वर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिदसम्बन्धी कार्यविभाजन र खरिद कार्यको वर्गीकरणअनुसार ‘प्याकेजिङ’ गरेर १ हजारको हाराहारीमा राख्न सकिने निष्कर्ष छलफलले निकालेको छ ।’

‘योजनाको ‘प्याकेजिङ’ र ‘स्लाइसिङ’ नयाँ अभ्यास हो । यसभन्दा तलका वार्षिक खरिद योजना र खरिद गुरुयोजनामा हामीले यस अघि पनि काम गरेका थियौं । यस वर्षदेखि ‘प्याकेजिङ’को काम थालिएको छ’ काफ्लेले भने ।

महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना र खरिद गुरुयोजना अन्तरसम्बन्धित विषयमा छलफल भएको अधिकारीले बताए । मंसिरदेखि धेरै काम सुरु हुने विभागीय प्रमुखहरुको भनाइ रहेको उनले बताए । यसअघि थालिएका कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ ।

छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको अधिकारीले बताए ।

छलफलमा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रुपमा प्रस्ताव पेश भएको महानगरले जनाएको छ । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना ‘प्याकेजिङ’ गर्दा हुने सवल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेको महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?