
१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ ।
आफूलाई पार्टीले १५ वर्षपछि फेरि इन्चार्जको जिम्मेवारी दिएको जानकारी दिए । इन्चार्जको जिम्मेवारी पाएसँगै उनले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।
पार्टी विधानले तोके बमोजिम भण्डारीलाई जिल्ला ईन्चार्जको जिम्मेवारी दिइएको प्रदेश इन्चार्ज कालीबहादुर मल्लद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । यसअघि जुम्ला इन्चार्जमा माओवादी नेता गजेन्द्रबहादुर महत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4