+
+

सीएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १३:२७

१६ मंसिर, काठमाडौं । नेपाली पत्रकारहरुमा डिजिटल र विषयगत क्षमता वृद्धि गर्ने उद्देश्यले सीएमआर नेपाल जर्नालिज्म एकेडेमी सुरु गरिएको छ ।

सेन्टर फर मिडिया रिसर्च नेपालले जर्मनीको इन्टरलिंक एकेडेमीसँगको सहकार्यमा एकेडेमी स्थापना गरेको जनाएको छ ।

एकेडेमी उद्घाटन कार्यक्रममा एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्यले एकेडेमीले नेपाली पत्रकारका लागि आगामी माघ महिनादेखि मोबाइल जर्नालिज्म, पोडकाष्ट, डिजिटल सेक्युरिटी, फ्याक्ट चेक, मिडिया लिटरेसी, डेटा जर्नालिज्म लगायतमा तालिम दिने जानकारी गराए ।

नेपाल पत्रकार महासंघका सचिव पवन आचार्यले नेपाली पत्रकारमा क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए । उनले एकेडेमीले पत्रकारहरुलाई आवश्यकता अनुसार तालिम दिएर प्राविधिक र विषयगत रुपमा सबल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सले स्वतन्त्र पत्रकारिता नभएको ठाउँमा लोकतन्त्र नहुने बताए ।

इन्टरलिंक एकेडेमीका प्रबन्ध निर्देशक भेर्नर एगर्टले एकेडेमीले दिने तालिमबाट नेपाली पत्रकारको क्षमता बढ्नुका साथै पत्रकारिताको व्यवसायिकतामा सुधार हुने विश्वास व्यक्त गरे ।

सेन्टर फर मिडिया रिसर्च नेपालकी अध्यक्ष तृष्णा आचार्यले नेपाली मिडियाको अनुसन्धानमा सक्रिय हुँदै आएको सेन्टर फर मिडिया रिसर्च नेपालले एकेडेमी सञ्चालन गरेर नेपाली पत्रकारलाई प्राविधिक र व्यवहारिक रुपमा सक्षम बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?