
२३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि आवश्यक पर्ने ‘कम्पोष्ट बिन’ सहुलियतमा दिने भएको छ ।
शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको हो । महानगरका अनुसार महानगरवासीलाई कम्पोष्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने छ ।
काठमाडौं महानगरपालिकाले १ साउनदेखि स्रोतमै फोहोरको वर्गीकरण गर्ने भनेर सूचना निकाले पनि सफल भने भएको थिएन । महानगर आफैंले प्राङ्गरिक मल उद्योग खोल्ने योजना बनाएता पनि स्थान अभाव भएकोले कार्यान्वयन गर्न नसकेको बताउँदै आएको छ ।
यस अघि भक्तपुर नगरपालिकाले पनि आफ्नो पालिकामा कम्पोष्ट बिन सहुलियतमा उपलब्ध गराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4