
२ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले पत्रकार अनिल खत्रीलाई सम्मान गरेको छ ।
पत्रकारिता क्षेत्रबाट नागरिकको आवाज मुखरित गरेको, लोक तथा दोहोरी गीतको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रतिष्ठानले पत्रकार खत्रीलाई सम्मान गरेको हो ।
पत्रकार खत्रीलाई शनिबार लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मानित गरे ।
१५ वर्षदेखि गुल्मीबाट पत्रकारिता गर्दै आएका खत्री हाल अनलाइनखबर डटकमका गुल्मी संवाददाता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4