
काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । उनको ८०औं जन्मोत्सवको अवसर पारी यस्तो उपाधि दिइएको हो ।
आइतबार काठमाडौंको कमलादीमा आयोजित समारोहमा ‘श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले उनलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो ।
समारोहमा डा. गौतमलाई साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले उपहार अर्पण गरे । साहित्य कला मन्दिरकी अध्यक्ष मेघा चौधरीले अभिनन्दन गरिन् । सो अवसरमा ‘डा. ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरु’को नामको पुस्तक समेत लोकार्पण गरिएको छ । पुस्तकको सम्पादन डा. खुमनारायण पौडेलले गरेका हुन् । सो अवसरमा डा.गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो । डा. गौमले हालसम्म ३२ वटा उपन्यास लेखिसकेका छन् । सबै विधामा गरी उनको हालसम्म ५३ वटा कृति छन् ।
प्रतिक्रिया 4