+

ग्रिफितको आक्रामक ब्याटिङमा जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

२०७९ पुष  २२ गते ११:१४ २०७९ पुष २२ गते ११:१४
ग्रिफितको आक्रामक ब्याटिङमा जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

२२ पुस, काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गतको खेलमा जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई १६० रनको लक्ष्य दिएको छ ।

शुक्रबार बिहान १७ ओभरमा घटाएर त्रिवि क्रिकेट मैदानमा खेलाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनायो ।

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेष्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ब्याटिङ गरे ।

ओपनर ब्याटर सराफुद्नि अस्राफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए । आज ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए । समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलिप नाथले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २–२ रन विकेट । पत ब्रोउन र इशान पाण्डेले एक÷एक विकेट लिए ।

लुम्बिनी ९ खेलमा ८ जित र एक हार सहित १६ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ । जनकपुर समान ९ खेलमा ६ जित र ३ हार सहित १२ अंकको साथमा दोस्रो स्थानमा छ । यी दुवै टिम प्लेअफ पुगिसकेका छन् ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय