
रूस युक्रेन युद्धपछि डलरको विकल्प खोज्ने विद्रोह उम्लिरहेछ। दोस्रो विश्वयुद्धपछि अमेरिकी डलरले वित्तीय क्षेत्रमा एक छत्र राज गरिरहेछ। डलरको प्रभुत्व र त्यसको भविष्यलाई चुनौती दिनेगरी अहिले विश्वमञ्चमा एक वित्तीय युद्धको मञ्चन सुस्तरी भइरहेको छ।
सन् २०२२ मा रूसले युक्रेनमाथि हमला गरेपछि वासिंटनले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगायो। पश्चिमा राष्ट्रहरूले रूस सरकारको करिब १५० अर्ब अमेरिकी डलर बराबरको मुद्रा सञ्चिति फ्रीज गरिदिए। उनीहरूले रूसको कारोबार रोक्का लागि त्यहाँका मुख्य वित्तिय संस्थालाई स्वीफ्टबाट हटाइदिए। रूसलाई अन्तर्राष्ट्रिय कारोबारमा अप्ठ्यारो पार्ने पश्चिमाहरूको उद्देश्य थियो।
यो प्रतिबन्धलाई कतिपयले डलरलाई हतियारको रूपमा प्रयोग गरेको भने।वित्तिय क्षेत्रमा डलर हतियारझैँ देखिएपछि अमेरिकाको मुख्य भूराजनीतिक प्रतिद्वन्द्वी चीन र रूसले वित्तीय कारोबारको विकल्प खोज्न थाले।
वित्तीय कारोबारको विकल्प खोज्नेमा बेइजिङ् र मस्कोमात्रै छैनन्। भारत, अर्जेन्टिनादेखि दक्षिण अफ्रिका। मध्यपूर्वका मुलुकदेखि दक्षिणपूर्वी एशियाली मुलुकहरूले पनि डलरप्रतिको निर्भरतालाई कम गर्दै लगेका छन्। विकल्प नखोजे अमेरिकाले रूसलाईझैँ आफुहरूमाथि पनि डलरलाई हतियार बनाउनसक्ने त्रास यी क्षेत्रका मुलुकहरूमा देखिएको अर्थराजनीति जानकार विज्ञहरू बताउँछन्।
के यो अभियानले विश्वव्यापारमा डलरको साम्राज्यलाई अन्त्य गर्ला? विश्वव्यापारमा डलरको साम्राज्यलाई तत्कालै अन्त्य गर्न नसकिने वित्तिय जानकारहरू बताउँछन्। कुनैपनि मुद्राले डलरलाई धक्का दिने स्थिति नरहेको उनीहरूको मत छ। यद्यपी धेरै मुलुकहरूले अन्य मुद्रामा कारोबार बढाए वित्तीय प्रणालीमा डलरको पकड कमजोर हुने उनीहरू बताउँछन्।
विश्व व्यापारमा कसरी कायम भयो डलरको साम्राज्य ?
दोस्रो विश्वयुद्धपछि विश्वव्यापारको अधिकांश कारोबार डलरमै हुन थाल्यो। सन् १९४४ मा ४४ मुलुका प्रतिनिधिहरू युद्धका कारण ध्वस्त अर्थतन्त्रलाई पुर्नजिवीत बनाउने अभियानमा जुटे।
ठूलो अर्थन्त्र भएकाले अमेरिकाले सुनमा डलरको मुल्य तोक्ने र अन्य मुलुकले आफ्नो मुद्रालाई डलर अनुसार विनिमय गर्ने सहमति भएको थियो। यो सहमतिपछि राष्ट्रहरूले डलर सञ्चिति बढाउन दबाब पर्यो। यही सहमतिपछिनै डलर अन्तर्राष्ट्रिय शक्तिशाली मुद्रा बन्यो।
सन् १९७० सम्म आइपुग्दा अमेरिकासँग डलरलाई बलियो बनाउनेगरी पर्याप्त सुन थिएन। त्यसका बाबजुद डलर कारोबार बढ्दै गयो। अमेरिकाकद्य लचिलो वित्तिय बजार। सहज मापदण्ड र डलरको स्थिरताका कारण अन्य मुलुकहरू डलरमा आकर्षित भए। यसैले डलरको प्रभुत्व कायम राख्न अमेरिका सफल भयो।
डलरको विकल्प खोज्ने बहस यो नयाँ भने होइन। सन् १९७० मा ब्रेटन वुड्सको प्रणाली पतन भएपछिनै डलरको प्रभुत्वबारेको बहस सुरु भएको थियो।सन् १९९९ मा युरोपियन युनियनले युरो सुरू गरेपछि र सन् २००८ देखि २००९ को वित्तिय संकटका बेलापनि यसबारे बहस भएका थिए।
सकंटको समयमा समेत डलरले आफ्नो प्रभुत्व बचायो। आजपनि विश्वका ६० प्रतिशत केन्द्रीय बैंकहरूमा विदेशी मुद्रा सञ्चित डलरमै छ। सन् २००० देखि यता यो संख्या १० प्रतिशतले घटेको हो। त्यसअघि डलर सञ्चिति ७० प्रतिशत थियो।
डलर सञ्चिति गुम्दा युरोले आफ्नो प्रतिशत वृद्ध गरेको छ। युरो सञ्चिति १८ बाट २० प्रतिशतमा पुगेको छ। यता, चीनको मुद्रा युआनले सन् २०१६ देखि आफ्नो उपस्थिति बलियो बनाएको छ।
विश्वव्यापी सञ्चितिको ३ प्रतिशत हिस्सा युआनले ओगटेको छ। ‘विश्व मुद्रा सञ्चिति अहिले बहुपक्षीयतर्फ अघि बढिरहेको छ। डलरको सञ्चिती घट्दा अन्यले त्यसको हिस्सा ओगटेका छन्,’ विज्ञ एलेसिया ग्रासिया हेरेरो भन्छन्। विगत केही वर्षयता डलरबाहेक अन्य मुद्रा सञ्चिति पनि वृद्धि भइरहेको देखिन्छ।
वित्तिय दुनिँयाको परमाणु डलरको विकल्प
अमेरिकाले रूसलाई आर्थिक प्रतिबन्ध लगाउँदै स्वीफ्ट समेत रद्ध गरिदिएपछि डलरको विकल्प खोज्ने अभियानमा मलजल पुगेको विज्ञहरू बताउँछन्। ‘रूस माथिको अमेरिकी प्रतिबन्धनका कारण डलरको विकल्प खोज्ने अभियानमा अहिले मलजल पुगेको छ।
अन्तर्राष्ट्रिय कारोबारको सहजीकरण गर्ने स्वीफ्टमै हैकम जमाएर अमेरिकाले त्यसलाई नयाँ परमाणु हतियारझैँ बनाउँदा अन्य मुलुकहरू विकल्प सोच्न हौसिएका हुन्,’ अर्थ राजनीति जानकार झोङ्यान जोउ ली भन्छिन्। उनी न्युयोर्कमा विदेश नीति सम्बन्धी अध्ययन गर्ने एक संस्थामा काम गर्छिन्।
अन्तर्राष्ट्रिय कारोबारमा स्वीफ्टको केन्द्रियता इमेलमा जी-मेलझैँ रहेको उनको बुझाइ छ। त्यसलाई एउटै मुलुकले नियन्त्रण गर्दा विद्रोहको स्थिति आउने उनको भनाइ छ।‘विश्वको एकीकृत वित्तिय प्रणाली एकपक्षीय रूपमा रद्ध गर्नु भनेको कसैको नसाबाट जबरजस्ती रगत तान्नुजस्तै हो। यसले विद्रोहको स्थिति ल्याउँछ,’ ली भन्छिन्।
हाल चीनले सेमिकन्डकटरको कारोबारमा अमेरिकाबाट प्रतिबन्ध व्यहोरिरहेछ। आगामी दिनमा आफुमाथि अमेरिकाले स्वीफ्टको हतियार प्रहार गर्न सक्नेमा चीन चिन्तितसँगै सचेत रहेको विज्ञहरूको बुझाइ छ। त्यसैले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनपनि डलरको विकल्प खोज्न उद्दत रहेको जेनेभा सेन्टरमा कार्यरतमा अहम्मद अली बताउँछन्।
उनी प्रतिबन्ध मामिलाका जानकार पनि हुन्। ‘स्वीफ्ट रद्ध हुने वित्तिकै अन्तर्राष्ट्रिय कारोबार गर्ने क्षमता गुम्छ। विश्व आपूर्ती श्रृंखलामा प्रभाव पर्दा मुलुकको अर्थतन्त्रनै डामाडोल हुने स्थिति आउनसक्छ,’ उनले भने।
युआनको समय
चीन अमेरिकी ट्रेजरी बोन्डबाट विस्तारै बाहिर आउन चाहिरेको छ। अमेरिकी ट्रेजरी बोन्डमा विभिन्न मुलुकहरूले डलर सञ्चित गर्छन्। चीनमा हाल अमेरिकी ऋण ८ सय ७० अर्ब डलर छ। यो सन् २०१० यताकै सबैभन्दा कम हो। चीनले युआनमा कारोबारका लागि विभिन्न मुलुकहरूसँग सम्झौता गरिरहेछ।
फेब्रुअरीमा इराकको केन्द्रीय बैंकले युआनमा कारोबारका लागि स्वीकृति दियो। इराक पेट्रोलियम पदार्थ धेरै बेच्ने मध्येको एक राष्ट्र हो। गत सेप्टेम्बरमा बंगलादेशकव केन्द्रीय बैंकले पनि युआनको कारोबारमा स्वीकृति प्रदान गर्यो।
सांघाइ कर्पोरेसनमा आवद्ध मुलुकहरूले पनि युआनमा कारोबारलाई बढाउने निर्णय लिए।त्यमसा रूस, भारत, पाकिस्तान उज्बेकस्तान, काज्गस्तान, ताजिकस्तान, किर्गीस्तान छन्। यस्तै, गत डिसेम्बरमा साउदी अरेबिया र चीनले पनि पहिलोपटक युआनमा कारोबार गरे।
यस्तै. रूसले पनि तेल र ग्यासको आम्दानीलाई युआनमानै जम्मा गर्ने निर्णय लिएको छ। रूसले आफ्नो आम्दानीको सञ्चिती युआनमै गर्ने क्रम बढाइरहेको छ।
डलरमा कारोबार गरिरहेका राष्ट्रहरूलाई चोट पुर्याउने काम प्रतिबन्धलेमात्रै गरिरहेको छैन। सान अर्थतन्त्र भएका मुलुहरूले क्षेत्री व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले पनि मुलुकहरूलाई डलरबाट पर धकेलिरहेको अलि बताउँछन्। डलर अहिले सन् एक दशक यताकै बलियो अवस्थामा छ।
एक दशकयताको मुल्यांकनमा डलर ३० प्रतिशतले बढेको छ। डलरको वृद्धिमा उछाल आउँदा साना अर्थतन्त्र भएका मुलुकलाई ऋण चुक्ताका लागि कठिनाइ हुनेछ। पेट्रोलिय पदार्थ, खाद्यान्न लगायतका सामाग्री आपुर्ती गर्नुपर्ने राष्ट्रहरूका लागि खर्च ह्वात्तै बढ्नेछ।यसैले चीन र रूसले मात्रै होइन अमेरिकाका निकट मित्रराष्ट्रहरूले पनि डलरको विकल्प खोजिरहेका छन्।
डलर कारोबारमा कटौती
गत सातामात्रै साउदी अरेबिया र भारतका राजदूतले दिराम र भारूमा कारोबारम गर्ने सहमति गरे। युएई भारतको मुख्यको व्यापार साझेदारी मुलुक हो। गत जनवरीमा भारतका वाणिज्य मन्त्रीले रूस, श्रीलंका, बंगलादेश र मोरिसस भारूमा कारोबारका लागि सहमत रहेको बताएका थिए।
दक्षिपूर्वी एशियाका मुलुकहरू आपसी कारोबारमा स्थानीय मुद्रा चलाउन समहत हुँदै डलरको कारोबारलाई पन्छाउने प्रयत्नमा छन्। यो प्रयत्नमा दक्षिण अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिना पनि छन्। गत जनवरीमा दुई मुलुकका राष्ट्रपतिले आपसी कारोबारका लागि साझा मुद्रा प्रयोग गर्ने घोषणा गरे।
यो चलन बढिरहेको अवस्थामा विज्ञहरूभने डलरको साम्राज्य हट्ने विषयमा सहमत छैनन्। ‘डलरलाई प्रतिस्थापन गर्ने एकमात्रा मुद्रा भनेको युआन हो। तर त्यसका लागि युआनमा सबैले अन्तर्राष्ट्रिय कारोबारमा सहमति प्रदान गर्नुपर्छ। यो निकै कठिन छ,’ हरारो भन्छन्।
वित्तिय कारोबारका लागि सबै मुद्राहरूसँग स्वतन्त्र रूपले साट्ने स्थिति आउँदा मात्रै एउटा मुद्राले अन्तर्राष्ट्रिय कारोबारमा आधिपत्य जमाउन सक्छ। तर हालको स्थितिमा युआनको कारोबार सिमित उद्देश्यहरूका लागि मात्रै निहीत छ।
डलरको प्रभुत्व कमजोर बनाउनका लागि विभिन्न मुलुकहरू गैर डलरमा कारोबार गर्नसक्ने विज्ञहरू बताउँछन्। तथापी तात्विक फरक नपार्ने विज्ञहरूको भनाइ छ।‘यो अभियान कतिसम्म सार्थक हुन्छ भन्नै सकिँदैन,’ अलि भन्छन्।
उदाहरणकालागि अर्जेन्टिना, ब्राजिल कमोडिटीमा आधारित अर्थतन्त्र हुन्। कमोडिटी कारोबार पूर्णरूपले डलरमै निर्भर छ। यस्तै साउदी अरेबिया युएईले पनि आफ्नो मुद्रालाई डलरसँगै जोडेका छन्। ‘डलरको पकडबाट बाहिर आउन यी मुलुकहरूलाई साह्रै कठिन छ,’ ली भन्छिन्।
डलर सहजता वा हतियार?
विश्वभरका कारोबारीले डलरलाई सुरक्षित मान्छन्। संकटको बेलासमेत त्यसमा कुनै समस्या नआउने उनीहरूको आत्मविश्वास छ। यही विश्वासलेनै डलरको कारोबारमा वृद्धि भइरहेको छ।
रूस-युक्रेन युद्धको स्थितिमा पनि डलर बलियो बनिरह्यो भने अन्य मुद्रा कमजोर बन्न पुगे। डलरमा कारोबारको लाभ बढिरहेको ली बताउँछिन्।‘अन्तर्राष्ट्रिय व्यापारका लागि डलरको कारोबार सहज र विश्वासिलो छ धेरै मुद्रामा अन्तर्राष्ट्रिय कारोबार हुँदा अस्थिरताको जोखिम हुन्छ,’ ली भन्छिन्।
अन्तराष्ट्रिय कारोबार प्रणाली खण्डिन भएमा कारोबारमा धेरै चुनौती थपिने उनको भनाइ छ। तर प्रतिबन्धहरू बढाउँदै जाने र विश्व आपूर्तीको श्रृंखलामा अवरोध सिर्जना गर्नेक्रम बढ्न हो भने अन्तर्राष्ट्रिय कारोबार खण्डिन हुन समयय नलाग्ने उनको बुझाइ छ।
‘मलाई सोधियो भने अन्तराष्ट्रिय कारोबारका लागि डलरनै राखिनुपर्छ भन्ने सुझाव दिन्छु। तर एउटा शर्तमा। मेरो वा अन्य मुलुकहरूको साझा शर्त के हो भने डलरलाई अमेरिकाले हतियारका रूपमा प्रयोग गर्नुभएन।’
प्रतिक्रिया 4