+

चेल्सी भित्रिए एनकुन्कु

२०८० असार  ५ गते १७:४६ २०८० असार ५ गते १७:४६
चेल्सी भित्रिए एनकुन्कु

५ असार, काठमाडौं । फ्रान्सका स्ट्राइकर क्रिष्टोफर एन्कुन्कु इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका छन् ।

उनलाई चेल्सीले जर्मन क्लब आरबी लाइपजिगबाट ५२ मिलियन पाउण्डमा भित्र्याएको हो ।

२५ वर्षीय यी खेलाडीले गत सिजन बुण्डेसलिगामा २५ खेलमा १६ गोल गरेका छन् । एनकुन्कुले फ्रान्सका लागि १० खेल खेलेका छन् ।

उनी गत मे महिनामा चेल्सीको मुख्य प्रशिक्षक बनेका माउरिसियो पोचेटिनोले भित्र्याएका पहिलो खेलाडी हुन् ।

‘चेल्सीमा आउन पाउँदा धेरै खुसी छु । मलाई क्लबमा ल्याउन प्रयास गरिएको थियो । म यो चतुनौतिका लागि उत्साहित छु र चेल्सीको जर्सी लगाउन पाउँदा गर्व महसुस गर्छु’, एनकुन्कुले भनेका छन्, ‘बुण्डेसलिगापछि संसारकै बलियोमध्येको प्रिमियर लिग खेल्न गइरहेको छु । म मेरा नयाँ प्रशिक्षक र टिममेटलाई भेट्न आँतुर छु ।’

एनकुन्कुको सम्झौता १ जुलाइदेखि लागू हुनेछ । सन् २०१९ मा लाइपजिगमा अनुबन्ध हुनुअघिको चार वर्ष उनले पेरिस सेन्ट जर्मेइन् (पीएसजी)का लागि खेलेका थिए ।

त्यहाँ उनले एकपल्ट लिग उपाधि र दुईपल्ट फ्रेन्च कपको उपाधि जितेका थिए । उनी सन् २०२१–२२ को सिजनमा २० गोल र १५ असिस्टका साथ बुण्डेसलिगा प्लेयर अफ द सिजन र जर्मन पीएफए प्लेयर अफ द सिजन घोषित भएका थिए ।

यही महिना लाइपजिगले लगातार दोस्रो वर्ष जर्मन कपको उपाधि जित्दा फाइनलमा उनले गोल गरेका थिए ।

गत सिजन लाइपजिग बुण्डेसलिगामा तेस्रो भएको थियो । एनकुन्कुले सन् २०२२ मा फ्रान्सका लागि डेब्यू गरेका थिए । चोटका कारण विश्वकप गुमाएका थिए ।

एनकुन्कु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय