+

नेपालले नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै

२०८० असार  ९ गते १२:४८ २०८० असार ९ गते १२:४८
नेपालले नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै

९ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दैछ ।

जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो ।

यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्नेछ । यसअघि भएका तीन खेलमा एक खेल मात्रै जितेको नेपाल यो खेलमा पनि पराजित समूह चरणबाटै बाहिरिनेछ ।

आज नेदरल्याण्ड्सलाई पराजित गरेमा भने नेपालको सुपर सिक्समा जाने सम्भावना कायम हुनेछ । तर, यसका लागि नेदरल्यान्ड्स र वेष्टइन्डिजको खेल निर्णायक हुनेछ । नेपाल अघिल्लो चरण जान नेदरल्याण्ड्स वेष्टइन्डिजसँग पराजित हुनुपर्नेछ ।

नेपालले तीन खेलमा २ अंक जोड्दा नेदरल्याण्ड्सले दुई खेलबाट २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको नेपाल अर्को खेलमा वेष्टइन्डिजसँग १०१ रनले पराजित भएको थियो ।

नेदरल्यान्ड्सले पनि अमेरिकालाई पाँच विकेटले हराउँदा जिम्बावेसँग भने ६ विकेटले पराजित भएको थियो । नेदरल्याण्डसले नेपाल र वेष्टइन्डिजसँग खेल्न बाँकी छ ।

समूह ए मा वेष्टइन्डिज र जिम्बाब्वे २/२ खेलबाट चार/चार अंकका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन् । त्यती नै खेलबाट २ अंक जोडेको नेदरल्याण्ड्स तेस्रो, तीन खेलबाट २ अंक जोडेको नेपाल चौथो र अंकविहीन अमेरका पाँचौं स्थानमा रहेका छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सन्दीप लामिछाने, करन केसी र ललित राजवंशी छन् ।

आईसीसी विश्वकप छनोट नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय