+

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु

२०८० साउन  २१ गते १३:५४ २०८० साउन २१ गते १३:५४
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु

२१ साउन, काठमाडौं । पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार सुरु भएको छ ।

प्रतियोगिताको सुरुको दिनको प्रतियोगितामा राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुगेका छन् ।

रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढाए । अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित सिंह ११–५, ११–५, ११–६० र रत्नकाजीले जुनिल शाक्य ११–४, ११–२, ११–३० लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।

प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्‍यो  । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराएका हुन् ।

राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पारे । राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढेका हुन् । आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुगे ।

पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के। सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आआफ्नो खेल जितेर पहिलो चरण पार गरे । सुरेशले अनिल वज्राचार्यलाई –११, ११–६, ११–, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराएका हुन् ।

अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गरे ।

यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०९१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाएका छन् र । महिला खुल्ला र ब्वाइज यु–१९ का खेलहरु सोमबार मात्र सुरु हुने छन् ।

घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ ।

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय