+

स्पेन, स्कटल्याण्ड र टर्की युरोकपमा छनोट

२०८० असोज  २९ गते ८:१८ २०८० असोज २९ गते ८:१८
स्पेन, स्कटल्याण्ड र टर्की युरोकपमा छनोट

२९ असोज, काठमाडौं । स्पेन, स्कटल्याण्ड र टर्की अर्को वर्ष हुने युरोकप २०२४ मा छनोट भएका छन् ।

आइतबार राति भएको समूह ए को खेलमा स्पेनले नर्वेलाई १–० ले पराजित गरेपछि स्पेनसहित स्कटल्याण्ड पनि यस समूहबाट छनोट भएको हो ।

नर्वेको घरेलु मैदानमा स्पेनलाई जिताउन गाभीले खेलको ४९औं मिनेटमा गोल गरेका थिए । नर्वेका एर्लिङ हालान्डले गोल गर्न सकेनन् ।

जितपछि स्पेन ६ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा उक्लँदै युरोकपमा छनोट भएको हो । मैदान नउत्रेको स्कटिस टोलीको पनि समान खेलबाट १५ अंक नै छ र दोस्रो स्थानमा छ । गोलअन्तरमा स्पेन अगाडि रहेको हो ।

७ खेल खेलिसकेको नर्वेको १० अंक मात्र रहेकोले दुई टोली एकै पटक छनोट भए । अब नर्वेले एक खेल मात्र खेल्न बाँकी छ ।

यस्तै समूह डीबाट टर्की पनि युरोकपमा छनोट भएको छ । छनोटअन्तर्गत आइतबार राति भएको खेलमा लात्भियालाई ४-० ले पराजित गरेको टर्की ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ । एक खेल अघि नै युरोकपमा स्थान पक्का गरेको हो ।

समूह डी कै अर्को खेलमा वेल्सले क्रोएसियालाई २-१ ले हराएर छनोट हुने सम्भावना कायम राखेको छ । वेल्सका लागि ह्यारी विल्सनले दुवै गोल गरे ।  क्रोएसियाका मारियो पासालिकले एक गोल फर्काए ।

जितपछि ६ खेलबाट १० अंक जोडेको वेल्स क्रोएसियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।

यसैगरी समूह आईको खेलमा एन्डोरलाई ४-० ले हराएर रोमानिया शीर्ष स्थानमा उक्लेको छ । रोमानियाको ८ खेलबाट १६ अंक छ । स्विट्जरल्याण्ड ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ ।

युरोकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय