+

बागमतीको पहिलो जित, कोशी बाहिरियो

२०८१ जेठ  २ गते १७:५१ २०८१ जेठ २ गते १७:५१
बागमतीको पहिलो जित, कोशी बाहिरियो

२ जेठ, काठमाडौं । बागमती प्रदेशले ललितपुर मेयर्स कप टी २० च्याम्पियनसिपमा कोशी प्रदेशलाई ८ विकेटले हराउँदै पहिलो जित हात पारेको छ । लगातार तेस्रो हारले कोशी फाइनल दौडबाट बाहिरिएको छ ।

६४ रनको लक्ष्य पछ्याएको बागमतीले ११.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । खुशी डंगोल र कञ्चन श्रेष्ठ ११–११ रनमा नट आउट रहिन् । ओपनर यशु पाण्डे २३ बलमा ५ चौकासहित २६ र हेलिसा गुरुङ १० रनमा आउट भइन् । कोशीकी हिरन्मई रोय र अप्सरी बेगमले १–१ विकेट लिइन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशीले १३ ओभरमा ६ विकेट गुमाउँदै ६३ रन बनाएको थियो । वर्षाको कारण ढिलो खेल सुरु हुँदा १३–१३ ओभरमा झारिएको थियो ।

कप्तान अप्सरी बेगमले ३८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३५ रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीकी खुशी डंगोल र मनीषा उपाध्यायले २–२ विकेट लिइन् ।

एपीएफ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगेको छ । सुदूरपश्चिम २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

ललितपुर मेयर्स–११ र बागमतीले समान ३ खेलमा २–२ अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन् । कोशी भने तीनै खेलमा हारका साथ बाहिरिएको छ ।

ललितपुर मेयर्स कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय