+

सेपाकताक्रो विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

२०८१ जेठ  ३ गते १३:३५ २०८१ जेठ ३ गते १३:३५
सेपाकताक्रो विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ

३ जेठ, काठमाडौं । सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टिम बिहीबार मलेसियाको क्वालालम्पुरतर्फ गएका छन् । उनीहरुलाई युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिदाइ गरेका छन् ।

नेपालको प्रतिनिधित्व गर्ने टिमलाई आत्मविश्वासी हुन र उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिए। रोशन तामाङको कप्तानीमा रहने नेपाली टिममा दिपेशजंग थापा, उमेशबहादुर महतो, अनिल जर्घामगर, विजय महतो र  पदमबहादुर ठाडा मगर रहेका छन् । प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, टिम म्यानेजरमा नेत्रप्रसाद गुरुङ र अन्तर्राष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के रहेका छन् ।

शनिबार सुरू हुने विश्वकपमा कुल २१ राष्ट्रको सहभागी हुनेछन् । नेपाल डिभिजन वानमा रहेको छ। जहाँ कुल ९ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। प्रिमियरमा भने १२ राष्ट्र रहेका छन् ।

खेलकुद सेपाकटाक्रो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय