News Summary
Generated by OK AI. Editorially reviewed.- गोर्खा प्रमोसन्सको आयोजनामा दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार ठमेलस्थित क्लब नोभामा हुने भएको छ ।
- च्याम्पियनसिपमा पुरुष ६९ किलोमा नेपालका भरत चन्द र भारतका अंकित कुमार तथा महिल ५२ किलोमा पुनम पुन मगर र मेहेकप्रीत सिद्धु प्रतिस्पर्धा गर्नेछन् ।
- प्रतियोगितामा ५२ किलोमा अर्पिल राना–शानबोरलाङ मार्बानियाङ, ५० किलोमा फुङलाङ काम्बाङ–लक्ष्य सुनारिया र ५७ किलोमा मिलन सार्की–साहिल चौहान भिड्नेछन् ।
२ असोज, काठमाडौं । दोस्रो संस्करणको गोर्खा बक्सिङ च्याम्पियनसिप शनिबार हुने भएको छ । गोर्खा प्रमोसन्सको आयोजनामा ठमेलस्थित क्लब नोभामा हुने च्याम्पियनसिपमा नेपाल र भारतका खेलाडीबीच विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
पुरुष ६९ किलो तौल समूहमा नेपालका भरत चन्द र भारतका अंकित कुमार प्रतिष्पर्धा गर्नेछन् । महिला ५२ किलो तौलमा नेपालकी पुनम पुन मगर र भारतकी मेहेकप्रीत सिद्धुबिच प्रतिष्पर्धा हुने आयोजक गोर्खा प्रमोसन्स गोर्खा प्रमोसन्सका अध्यक्ष सन्तोष शाहले जानकारी दिए ।
५२ किलो तौल समूहमा नेपालका अर्पिल राना र भारतका शानबोरलाङ मार्बानियाङ तथा अन्डरकार्डतर्फ ५० किलोमा नेपालका फुङलाङ काम्बाङ र भारतका लक्ष्य सुनारिया भिड्नेछन् । ५७ किलो तौल समूहमा नेपालका मिलन सार्की र भारतका साहिल चौहानबीच प्रतिस्पर्धा हुनेछ ।
५२ किलो तौल समूहमा विवेक मगर र आयुष श्रेष्ठ तथा ६३.५ किलोमा रोविन खत्री र सोहन राईबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा अन्तरराष्ट्रिय एमएमए फाइटर रवीन्द्र ढाँटको उपस्थिति रहनेछ ।
तस्वीरहरू : विकास श्रेष्ठ







प्रतिक्रिया 4