+

स्यान्टुले ओलम्पिक खेल्ने

२०८१ जेठ  २ गते १७:४१ २०८१ जेठ २ गते १७:४१
स्यान्टुले ओलम्पिक खेल्ने

२ जेठ, काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ ।

यससँगै स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बुधबार स्यान्टुले संयोगलाई हराएका हुन् । स्यान्टुले संयोगलाई ४–३ ले पराजित गरे ।

वेष्ट अफ सेभेनमा हुने खेलमा पहिलो, तेस्रो र चौथो र छैटौं सेट जितेका हुन् । उनले संयोगलाई ११–७, ११–६, ११–७ र ११– ९ ले जितेका हुन् ।

पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फ स्यान्टु र संयोग दुवै फाइनल पुगेका थिए ।

महिलातर्फ माल्दिभ्सकी धिमा फतिमा अलिले श्रीलंकाकी विमान्दी बन्दरालाई हराउँदै पेरिस ओलम्पिक छनोट भएकी छन् । उनी पनि माल्दिभ्सबाट टेबल टेनिस खेलमा ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् ।

नेपालका फाइनलिस्ट दुवैले सेमिफाइनलमा स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
यसअघि तेक्वान्दोका संगीना वैध र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।

पेरिस ओलम्पिक २०२४ स्यान्टु श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय